कोशीमा लागू औषध सहित ५ जना पक्राउ, ५ किलोभन्दा बढी गाँजा र १०७ ग्राम ब्राउन सुगर बरामद

विराटनगर, असार २९ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ५ किलो १०५ ग्राम गाँजा र १०७ ग्राम ६०५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।

झापाको दमक नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले गौरादह नगरपालिका–१ निवासी २६ वर्षीय विशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर तथा प्रदेश १–०१–०१८ प ७७०७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।

यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका–५ निवासी ७० वर्षीय भीमबहादुर तामाङलाई आफ्नै घरमा लुकाइछिपाइ राखिएको ५ किलो १०५ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको जनाएको छ।

त्यसैगरी, विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का २५ वर्षीय जमालउद्दीन मिया र २५ वर्षीय इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैविरुद्ध लागू औषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको कोशी प्रदेश प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖