आकर्षक रोजगारीको प्रलोभन देखाई अनलाइन ठगी र क्रिप्टो कारोबारमा संलग्न ५ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत आकर्षक वैदेशिक रोजगारीको विज्ञापन प्रकाशित गरी सर्वसाधारणलाई अनलाइन ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक नेपालीसहित पाँच जनालाई पक्राउ गरेको छ।

साइबर ब्यूरोका अनुसार “कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै प्रत्यक्ष (Direct Hire) रोजगारी प्राप्त गर्न सकिने” भन्दै भ्रामक विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाइएको थियो। त्यसपछि विद्युतीय माध्यमबाट पीडितहरूको बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा संलग्न देखिएका महोत्तरी रामगोपालपुर नगरपालिका–९ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २१ वर्षीय सुभाष कुमार मण्डल तथा बंगलादेशका नागरिक एमडी जुबायर अहमेद (२५), एमडी नुर आलम (२६), एमडी नासिम मिया (२४) र एमडी रानी कमाल (२७) लाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गौचर क्षेत्रबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरिएको हो।

उनीहरूविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

हालसम्मको अनुसन्धानबाट पक्राउ परेकाहरूले अनलाइन ठगीका साथै अवैधानिक रूपमा Binance मार्फत क्रिप्टो (Crypto) तथा USDT कारोबार समेत गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖