विश्वमञ्चमा नेपालको ऐतिहासिक सफलता : १३ राष्ट्रबिच नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, नेपाललाई अन्तर्राष्ट्रिय गौरव

काठमाडौं । नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्।

किड्स किगं एण्ड क्विन २०२६ का विजेता शान्भिका बज्राचार्य, नामदेन सुब्बा, प्रान्सी तुलाधर र वेदाश्री एल। राना ले ९ जुलाई २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै भियतनामको राजधानी हानोईमा आयोजित इन्टरनेशनल फेसन विक २०२६ मा सहभागिता जनाएका थिए।

१३ राष्ट्रका उत्कृष्ट प्रतिस्पर्धीहरूबीच सम्पन्न यस प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गर्दै नेपालको शिर विश्वमञ्चमा उच्च बनाएको छ। उनीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, अनुशासन तथा नेपाली कला–संस्कृतिको प्रभावशाली प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय दर्शक र निर्णायकहरूको प्रशंसा बटुल्न सफल भएका छन्।

आज हानोईमा सम्पन्न भएको यस अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाली बालप्रतिभाको क्षमता र विश्वस्तरीय प्रतिस्पर्धा गर्ने सामर्थ्यलाई पुनः स्थापित गरेको छ। यो उपलब्धि केवल सहभागीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपालको गौरव, सम्मान र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको उपलब्धि बनेको छ।

विश्वमञ्चमा नेपालको राष्ट्रिय झण्डा गर्वका साथ फहराउँदै देशको प्रतिष्ठा उँचो बनाउने सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। यस उपलब्धिबारे किड्स एण्ड क्विन नेपालका नेशनल डाइरेक्टर मोनु शाहले जानकारी दिँदै नेपाली बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राखेकोमा गर्व व्यक्त गरेका छन्।

आगामी दिनमा पनि नेपाली प्रतिभालाई विश्वस्तरीय अवसर उपलब्ध गराउँदै नेपालको पहिचानलाई अझ सशक्त रूपमा विश्वसामु स्थापित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖