शरणार्थी प्रकरण प्रमुख नाइके दुलाल र भण्डारीलाई समान ४ बर्ष कैद सजाय

काठमाडौं, ३० असार । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ । 

 

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायधिस तेजबहादुर खडकाले सो प्रकरणमा दोषी ठहर्‍याइएका १६ जना मध्ये दुलाल र भण्डारीलाई ४ बर्ष समान कैद सजायँ तोकिदिएका हुन् ।

 

जसअनुसार सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार, ठगीमा २ वर्ष कैद र २० हजार, संगठित अपराधमा ३ बर्ष कैद र ३० हजार, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना तिर्नु पर्ने भएको हो ।

जसअनुुसार सबै कसुरको एकीकृततर्फमा कुल ४ वर्ष ४० हजार कैद जिल्ला अदालत, काठमाडौंले जनाएको छ। दुवै जना पुर्पक्षका लागि हाल थुनामा रहेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖