पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री आजदेखि पुनः सुरु, मूल्य २ हजार ६० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गर्ने निर्णय गरेको छ। ग्यास आपूर्तिमा सुधार आएपछि पूर्ण तौलको सिलिन्डर बजारमा उपलब्ध गराउने व्यवस्था पुनः लागू गरिएको निगमले जनाएको छ।

निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास आपूर्ति सहज बन्दै गएको र उपभोक्ताबाट पनि पूर्ण तौलको सिलिन्डरको माग बढेपछि यो निर्णय गरिएको हो।

यसअघि ग्यासको अभाव व्यवस्थापन गर्न २०८२ फागुन २९ गतेदेखि ७.१ किलोग्राम तौलका आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था लागू गरिएको थियो। अब भने पुरानै प्रणालीअनुसार १४.२ केजीको सिलिन्डर बिक्री हुने भएको छ।

निगमले पूर्ण तौलको एक सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ निर्धारण गरेको छ। यद्यपि, बजारमा रहेका ७.१ केजीका सिलिन्डर तत्काल हट्ने अवस्था नभएकाले केही समयसम्म ७.१ र १४.२ केजी दुवै प्रकारका सिलिन्डर समानान्तर रूपमा उपलब्ध रहने जनाइएको छ।

निगमले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र तोकिएको मूल्य यकिन गर्न तथा आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न उपभोक्तासँग आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖