रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार बराबरका नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की गंगा कुमारी पूर्वछाने, कास्की पोखरा महानगरपालिका–१ का किरण कृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगंगा नगरपालिका–१ का सञ्जय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका–१ का रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका–४ का पासाङ तामाङ तथा भारतको पश्चिम बंगालस्थित सिलिगुडी भक्तिनगर थाना निवासी वासुमित्र आनन्द रहेका छन्।

प्रहरीले उनीहरू बस्ने घर तथा कोठामा खानतलासी गर्दा एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट बरामद गरेको छ, जसको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको छ।

यसका साथै फोटोकपी मेसिन, Dell कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका सबैमाथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖