इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द

काठमाडौं । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार धेरै सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ।

कोशी प्रदेशमा इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै, भोजपुरअन्तर्गत मध्यपहाडी लोकमार्गमा बाढीका कारण सवारी साधन एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा सवारी आवागमन रोकिएको छ। साथै, सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा पर्ने अरनिको राजमार्ग तथा नुवाकोटको ककनी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण बन्द छन्। त्यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक तथा रोल्पाको घोराही–थवाङ शहीद राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित प्रहरी कार्यालय वा सडक विभागबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖