लेटाङको चिसाङ नहरमा डुबेर १२ वर्षीय बालकको मृत्यु
मोरङ । मोरङको लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलाको नहरमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार पौडी खेल्ने क्रममा डुबेर लेटाङ नगरपालिका–४ निवासी जितेन राईका १२ वर्षीय छोरा साबेहाङ राई अचेत भएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी शुक्रबार दिउँसो करिब ३:३० बजे उपचारका लागि नगर अस्पताल लगिएको थियो।
उपचारकै क्रममा अपराह्न ४:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह नेतृत्वको प्रहरी टोलीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


