उर्लाबारीमा दुई महिनाअघि भएको चोरीमा प्रहरीको सफलता, चार जना पक्राउ

माेरङ, ३ साउन । उर्लाबारी – ५ स्थित एक घरमा दुई महिनाअघि भएको चोरीमा संलग्न चार जनालाई उर्लाबारी प्रहरीले पक्राउ गरेको छ ।

 

गत वैशाख ६ गते हेमा खड्का (पाण्डे) को घरमा चोरी भएको थियो । सो घटनामा सुन, चाँदीका गरगहना, नगद तथा मोबाइल चोरी भएको थियो ।  सो घटना भएको करिव दुई महिनापछि उर्लाबारी प्रहरीले अनुसन्धानमा सफलता हात पारेको छ ।

 

सो घटनाको अनुसन्धानका क्रममा दमक-९ घर भई हाल  उर्लाबारी- ६ मा डेरागरी बस्ने ३८  वर्षिय तेजु कुमार शाह ,दमक- १० का ४० वर्षिय अम्बर राना मगर, दमक- ३ का ५५ वर्षिय गणेश राजवंशी र रामधुनी नगरपालिका वडा नम्बर १ का ४६ वर्षिय राम कुमार विश्वकर्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

 

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट १ लाख ८ हजारभन्दा बढी नगद, चोरीसँग सम्बन्धित चाँदीका विभिन्न गरगहना, तथा चोरीमा प्रयोग भएको आशंका गरिएका केही औजारहरू बरामद गरेको जनाएको छ।

 

प्रारम्भिक अनुसन्धानका क्रममा चोरी गरिएका केही गरगहना सुनसरीको रामधुनीस्थित एक सुनचाँदी पसलमा बिक्री गरिएको खुलेपछि प्रहरीले सम्बन्धित पसलका सञ्चालकलाई पनि झण्डै २ केजी रिफाइन गरिएको चाँदीसहित नियन्त्रणमा लिएको छ।

 

प्रहरीले अनुसन्धानको क्रममा विश्वकर्मालाई निजको पसलबाट चाँदीको जस्तो देखिने सेतो धातुको स-साना दाना (रिफाइन गरेको) जम्मा १ हजार ९ सय ९७ ग्राम चाँदी सहित इप्रका पकली सुनसरीको प्रहरी टोलीसँग समन्वय गरी नियत्रणमा लिएको थियो ।

 

इलाका प्रहरी कार्यालय उर्लाबारीकी इन्चार्ज प्रहरी निरिक्षक नविन ओलीकाअनुसार पक्राउ परेका व्यक्तिहरूविरुद्ध मोरङ जिल्ला अदालतबाट म्याद थप गरी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ। उनीहरुलाई गत बुधबार अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको उनले बताइन् ।

 

प्रारम्भिक बयानका क्रममा उनीहरूले दमकमा भएको सुनचाँदी पसल चोरीमा समेत संलग्न रहेको स्वीकार गरेको प्रहरी निरीक्षक ओलीले जानकारी दिइन्।

 

यसैबीच प्रहरी नीरीक्षक ओलीले उर्लाबारीको अनुसन्धानपश्चात उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाइने जानकारी दिइन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖