कपडाभित्र सिलिकनमा मिसाएर ल्याइएको ४.२५८ केजी कोकेन सहित दुई विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सिलिकनमा मिसाएर कपडाको आकारमा तयार पारिएको ४ किलो २५८ ग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। यो नेपालमा कोकेन लुकाएर भित्र्याउने नयाँ शैली भएको प्रहरीको भनाइ छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशी नागरिकमाथि निगरानी गर्ने क्रममा साउन १ गते कतार एयरवेजको उडान नम्बर QR 646 मार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी ६२ वर्षीया कोलम्बियन नागरिक योनेथ गार्जोन काइसेडो (Yoneth Garzon Caicedo) लाई काठमाडौं महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरिएको हो।

उनले साथमा ल्याएको सुटकेसभित्र फल्स बटम बनाई ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र सिलिकनमा मिसाएर लुकाइएको अवस्थामा ४.२५८ केजी कोकेन बरामद भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकेन लिन भारतको मणिपुरबाट काठमाडौं आएकी ३७ वर्षीया भारतीय नागरिक रेबेका पुल्ले (Rebecca Pulle) लाई पनि साउन ४ गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रहरीले दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूको साथबाट कोकेनसहित एक थान पासपोर्ट, चार थान मोबाइल, एक थान सुटकेस, भारतीय निर्वाचन आयोगको परिचयपत्र र २०० अमेरिकी डलर समेत बरामद गरिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार अन्य मुलुकबाट नेपालमा कोकेन तस्करी गर्ने क्रममा लिक्विड कोकेनलाई सिलिकनसँग मिसाएर कपडाको आकारमा तयार गरी लुकाउने यो विधि अहिलेसम्मकै नयाँ प्रवृत्ति (Trend) का रूपमा देखिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖