झुम्का कारागारबाट फरार लागुऔषध तथा जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ
सुनसरी । झुम्का कारागारबाट फरार रहेका लागुऔषध तथा जबर्जस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन्।
प्रहरीका अनुसार गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका–८ निवासी ३० वर्षीय नविन भन्ने किशोर राईलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको हो।
राईविरुद्ध लागुऔषध तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


