बाबुको चक्कु प्रहारबाट घाइते छोराको उपचारकै क्रममा मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका २१ वर्षीय सरोज चौधरी रहेका छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई सुरुमा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गरिएको थियो। थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएकामा बिहीबार साँझ करिब ४:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिमसन अस्पतालबाट प्राप्त भएको थियो।

तर घटनास्थलमा पुगेको प्रहरी टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा भने वास्तविकता फरक रहेको खुलेको छ। अनुसन्धानका क्रममा घरायसी विवादका बेला सरोजका बाबु अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न सहसराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।