घरमाथिबाट पहिरो खस्दा बाजुराका १३ घरधुरी विस्थापित, ८३ जना सुरक्षित स्थानमा सारिए

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडका १३ घरधुरी जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन्।

शुक्रबार बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर प्रभावित परिवारको उद्धार गरेको हो। प्रहरीले १३ घरधुरीमा बसोबास गर्ने ८३ जना सदस्यलाई अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य आवश्यक सरसामानसहित सुरक्षित स्थानमा सारेको जनाएको छ।

उद्धारका क्रममा स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकी थिइन्। उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार भई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा पनि क्षति पुगेको छ। पहिरोले २०० एमएम क्षमताको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर बगाएको छ।

प्रभावित क्षेत्रमा थप पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले निगरानी बढाएको तथा स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।