विराटनगर सीमा नाकाबाट १२.५ ग्राम खैरो हेरोइन सहित युवक पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

शनिबार दिउँसो करिब १२ बजे इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र. ०२–०४८ प ६१३९ नम्बरको स्कुटरलाई शंकाको आधारमा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा स्कुटर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ निवासी २६ वर्षीय प्रेम अछामीको साथबाट १२ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले अछामीलाई स्कुटरसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।