काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

काठमाडौं, १७ साउन ।काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने “फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” आज आइतबार सम्पन्न भएको छ ।

 

३५ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिमको समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षता रहेको थियो ।

 

स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकार तथा फोटोपत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

 

उनले दक्ष जनशक्ति उत्पादनबाट चलचित्र निर्माण, प्रचार–प्रसार तथा अभिलेखीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

समापन समारोहकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमका प्रमुख प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला तथा राजन महर्जनलाई प्रशंसापत्र प्रदान गरेका थिए भने उनले ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।

 

सोही अवसरमा नेपाली चलचित्र क्षेत्रका पहिलो स्टिल फोटोग्राफर मञ्जुलकुमार श्रेष्ठ तथा वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई जनही रु. ३५ हजार राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले सीपमूलक तालिमले युवाहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताईन ।

 

काठमाडौं महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गर्दै युवाहरूको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई काठमाडौं महानगरभित्र रहेका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रभावकारी प्रचार–प्रसारमा उपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन।

 

काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको उक्त ३० दिने तालिममा फोटोग्राफी, फोटो–भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, दृश्य कथावाचन, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

 

कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, फोटोपत्रकार, प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।