कोशी प्रदेश प्रहरी प्रमुखद्वारा कोशी प्रदेश प्रहरी गण विराटनगरको निरीक्षण

विराटनगर, साउन १८ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन १८ कोशी प्रदेश प्रहरी गण, विराटनगरको निरीक्षण गर्नु भएको छ ।

निरीक्षणका क्रममा उहाँले कार्यालय भवन, विभिन्न शाखा, मेस, चमेनागृह, पुस्तकालय तथा ब्यारेकको निरीक्षण अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा उहाँले कोशी प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरु आगलागी, बाढी, पहिरो जस्ता विपद्को अवस्थामा र बन्द, हडताल लगायतका संवेदनशील अवस्थामा तत्काल परिचालन भई नागरिकको रक्षा तथा शान्ति सुरक्षा प्रदान गर्न शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त भई चौविसै घण्टा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ ।

साथै उहाँले प्रहरी परिचालनको क्रममा आवश्यक स्रोत–साधन, हातहतियारको सुरक्षित प्रयोग गरी प्रहरी काम कार्वाहीलाई प्रभावकारी बनाउन प्रहरी परिचालन हुनु अगावै प्रहरी कर्मचारीहरुलाई आवश्यक व्रिफिङ तथा निर्देशन दिनु पर्ने बताउनु भएको छ ।

साथै उहाँले नागरिक सेवामा प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहयोग, भाइचारा तथा सामूहिक भावनाका साथ जिम्मेवारी निर्वाह गर्न र प्रहरी संगठनको मर्यादा, अनुशासन, विश्वसनीयता कायम राख्दै उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिनु भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।