इलाममा खोलाले बगाउँदा छोराको मृत्यु, लगत्तै आमा पनि मृत फेला
इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ मा एकै परिवारमा भएको दुःखद घटनामा आमा–छोराको मृत्यु भएको छ।
प्रहरीका अनुसार विद्यालयबाट घर फर्कने क्रममा ११ वर्षीय आहान खत्री बजुर खोलाले बगाउँदा उनको मृत्यु भएको हो। घटनापछि खोजी तथा उद्धारका क्रममा बालकको शव फेला परेको थियो।
छोराको मृत्यु भएको केही समयपछि उनकी आमा ३५/३६ वर्षीया अमृता लेप्चा खत्री आफ्नै घरनजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ.


