मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–९ बैराखुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाहुनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बेलबारी नगरपालिका निवासी २९ वर्षीय सनम खवास गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो।

उपचारकै क्रममा मंगलबार राति करिब १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।