जिप दुर्घटना हुंदा ९ जना घाइते, एकको अवस्था गम्भीर

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप चालक गंगादेव गाउँपालिका–१ निवासी अन्दाजी २२ वर्षीय दिलकुमार वलीले चलाइरहेका बेला जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।

जिपमा चालकसहित १० जना सवार रहेका थिए। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जुगार स्वास्थ्य चौकी, रोल्पामा प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि सबै घाइतेलाई दाङस्थित राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सहचालक गंगादेव गाउँपालिका–१ निवासी २४ वर्षीय चित्रराम वली गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूमा धर्मराज डाँगी (४१), सुपुरी डाँगी (७७), पलबहादुर घर्तीमगर (२३), मनिका डाँगी (२८), उनका ४ वर्षीय छोरा प्रदीप डाँगी, पृथ्वी पुन मगर (२५), हरि वली (२८) तथा भारतको मोतिहारी जिल्ला निवासी २५ वर्षीय सन्तोष सहनी रहेका छन्।

प्रहरीले जिप चालक दिलकुमार वलीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।