धनकुटामा ५ हजार भन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेका इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ।
प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–३ र साँगुरीगढी गाउँपालिका–९ का विभिन्न स्थानमा करिब ६.५ रोपनी क्षेत्रफलमा लगाइएका ५ हजार ५५ वटा गाँजाका बेर्ना तथा बोट फडानी गरी नष्ट गरेको हो।
प्रहरीले अवैध लागूऔषध गाँजाको खेती नियन्त्रण तथा न्यूनीकरण गर्ने अभियानअन्तर्गत उक्त गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ।

