उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनका लागि व्यवसायी राम रायमाझीको प्यानल सार्वजनिक

नारायण कुमार राई/धनकुटा, ४ भदौ । आउने भदौ ६ गते हुन गइरहेको उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनका लागि व्यवसायी राम रायमाझीको प्यानले आज आफ्नो प्यानल सार्वजनिक गरेको छ।

आज नेपाल पत्रकार महासंघ धनकुटाको सभा हलमा पत्रकार सम्मेलन गरेर आफ्नो प्यानलको उम्मेदवारी सार्बजनिक गरेको हो।

पत्रकार सम्मेलन गर्दै अध्यक्षका उम्मेदवार राम रायमाझीले आफ्नो विभिन्न १५ वटा घोषणापत्रको सार्वजनिक गर्नुभएको छ। रायमाझीले उक्त १५ वटा घोषणापत्र आउने तीन वर्षभित्रमा पुरागर्ने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा गरिएको घोषणापत्रमा हरेक व्यवसायीको घरघरमा नै गएर सदस्य नवीकरण गर्ने । सबै क्षेत्रका सबै समुदायको समान प्रतिनिधित्व गर्ने । व्यवसायीक क्षेत्रहरू-होटल पर्यटकी क्षेत्र, कृषि उत्पादन ,घरेलु लघु उद्योग लगायतका क्षेत्रहरूको अभिलेख तयार गर्ने, व्यवसायीहरूलाई सिपमूलक क्षमता तालिम, पूर्वाधार विकास तथा स्तर उन्नति गरिने लगायतका विषयहरू रहेका छन् ।

१९ पदको लागि भइरहेको प्रतिस्पर्धाको लागि एक महासचिव सहित सात जना सदस्यहरु यसअघि सर्वसहमतले निर्वाचित भइसक्नुभएको छ। अध्यक्षका उम्मेदवार राम रायमाझी लामो समयदेखि होटल व्यवसायमा आबद्ध हुनुहुन्छ उहाँले अहिले हिले र धनकुटामा होटल व्यवसाय सञ्चालन गरिरहनुभएको छ।

यस अघि कृष्णराज श्रेष्ठले आफ्नो प्यानल सार्वजनिक गरिसक्नुभएको छ ।संघमा हाल ४३२ व्यवसायी सदस्य आबद्ध रहेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।