धनकुटामा तीन रोपनी क्षेत्रफलको गाँजा फडानी गरी नष्ट
धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–३ का विभिन्न स्थानमा करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेको हो।
प्रहरीका अनुसार उक्त क्षेत्रबाट करिब १ हजार गाँजाका बेर्ना तथा बोट फडानी गरी नष्ट गरिएको छ। प्रहरीले अवैध लागूऔषध गाँजाको उत्पादन तथा कारोबार नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिने जनाएको छ।

