चितवनमा १६८ किलो गाँजा सहित दुई जना पक्राउ

चितवन । प्रहरीले चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ भदौ ८ गते बिहान करिब ३ः४० बजे राप्ती नगरपालिकाको भित्री सडक हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कारमा गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

प्रहरी टोलीले राप्ती नगरपालिका–१० स्थित चिप्लेटीमा उक्त कार रोकी जाँच गर्ने क्रममा चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो।

कारको खानतलासी गर्दा पछाडिको डिक्कीभित्र रातो प्लास्टिकलाई सेतो पानी टेपले बेरेर लुकाइराखिएको अवस्थामा चारपाटे आकारका १२ वटा पोका फेला परेका थिए। ती पोकामा १६८ किलो गाँजा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित चितवन जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।