सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास कायमै

बारा, ९ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना अझै सेलाउन नपाउँदै सोही क्षेत्रबाट अर्की बालिका बेपत्ता भएकी छन्।

 

जीतपुर सिमरा उपमहानगरपालिका–६ निवासी ११ वर्षीया सनाया खातुन मंगलबारदेखि सम्पर्कविहीन भएकी हुन्। बालिका बेपत्ता भएपछि परिवारले खोजीका लागि इलाका प्रहरी कार्यालय सिमरामा जानकारी गराएको छ।

 

सनाया बेपत्ता भएको जानकारी उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह प्रहरीलाई गराएकी हुन्। सूचना प्राप्त हुनासाथ प्रहरीले बालिकाको खोजी सुरु गरेको जनाएको छ।

 

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको निवेदन प्राप्त भएको पुष्टि गर्दै खोजी कार्य अघि बढाइएको जानकारी दिए।

 

केही समयअघि सिमरा क्षेत्रमै तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले स्थानीयवासीलाई त्रसित बनाएको थियो। उक्त घटनाको त्रास पूर्णरूपमा हट्न नपाउँदै फेरि ११ वर्षीया बालिका बेपत्ता भएपछि स्थानीयमा थप चिन्ता बढेको छ।

 

प्रहरीले बालिकाको खोजीका लागि सम्भावित स्थानमा निगरानी बढाउनुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।