इटहरीबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी । सुनसरी प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई इटहरी–१ आँपगाछीबाट पक्राउ गरेको हो।

सम्मानित उच्च अदालत इलामको २०७९ असार ३० गतेको फैसलाअनुसार दाहालले बैंकिङ कसुर मुद्दामा ८ लाख ४० हजार रुपैयाँ बिगो र ४२ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दाहाललाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई झापा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।