काठमाडौं महानगरपालिकाले ४ एम्बुलेन्स नुवाकोट पठायो, २ बिमानस्थलमा स्टन्डवाइ

काठमाडौं, १० भदौं । काठमाडौं महानगरपालिका विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

 

२०८३ भाद्र १० गते विहान भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी लगायत रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रहरुमा जनधनको ठूलो क्षति भएको अवस्था व्यवस्थापनका विषयमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद व्यवस्थापन समितिको बैठक बसेको हो ।

 

बैठकले  प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ ।  

 

काठमाडौँ महानगरपालिकाले  सञ्चालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ भने २ वटा एम्बुलेन्स त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा तयारी अवस्थामा राखिएको छ ।

 

काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने र घाइते विरामीहरुका लागि आवश्ययकता अनुसार औषधि उपलव्ध गराउने समितिले निर्णय गरेको छ ।

 

महानगरपालिका आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेको विपद व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरु आवश्यकता अनुसार प्रदान गरिनेछ । सामान तथा औषधि अपुग हुने देखिएमा विपद व्यवस्थापन कोषवाट खरिद गरेर उपलव्ध गराउने समितिले निर्णय गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।