धनकुटा सहित कोशीका विभिन्न जिल्लाबाट लागूऔषध सहित चार जना पक्राउ

विराटनगर, भदौ ११ गते । सुनसरी, झापा, मोरङ र धनकुटाबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित रामजानकी मन्दिर पछाडि रहेको गाईगोठमा लुकाइछिपाइ राखिएको ४ सय १३ किलो ९८ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा भदौ १० गते बिहान इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले कालो प्लास्टिकमा बेरेर सेतो बोराभित्र राखिएको गाँजा बरामद गरेको हो। प्रहरीले गोठ पछाडि बेवारिसे अवस्थामा रोकिराखेको भारतीय नम्बर प्लेटको BR 38 R 0558 नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, झापाको झापा गाउँपालिका–५ बाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। प्रहरी चौकी शरणामती र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले बिर्तामोड नगरपालिका–२ चारपानेका २८ वर्षीय सनम श्रेष्ठ र मोरङको मिक्लाजुङ गाउँपालिका–१ जितपुरका २१ वर्षीय संगीत राईलाई ४ ग्राम ४८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यसैगरी, मोरङको रंगेली नगरपालिका–४ चोप्राहाबाट कानेपोखरी गाउँपालिका–५ का २७ वर्षीय सन्देश राईलाई २ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

धनकुटामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनकुटा नगरपालिका–६ का ३३ वर्षीय रमेश वि.कलाई २ सय ९५ ग्राम गाँजासहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू तथा बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।