भोटेकोशी बाढी प्रभावितका लागि टोखा नगरपालिकाले एक करोड २० लाख सहयोग गर्ने
काठमाडौं । टोखा नगरपालिकाले भोटेकोशी क्षेत्रका बाढी प्रभावितको सहयोगार्थ रु एक करोड २० लाख उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाका जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी तथा शिक्षकहरूको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट गरी रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
यसैगरी, बाढीबाट क्षति पुगेका क्षेत्रमा कुनै एक सार्वजनिक संरचना (सडक, पुल वा विद्यालय) पुनःनिर्माणका लागि सम्बन्धित स्थानीय तहलाई रु एक करोड अनुदान उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।


