बाढीपीडितका लागि एक्सट्रेयल इनर्जी ड्रिंक्सद्वारा २ लाख ५० हजार रुपैयाँ सहयोग

इटहरी, १३ भदाैं । बाढीपीडितका लागि रिलायबल फुड्स एन्ड बेभरेज प्रा.लि.को एक्सट्रेयल इनर्जी ड्रिंक्सले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेकाे छ  ।

 

हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेकाे हाे ।

 

विपद्को समयमा प्रभावित परिवारहरूको पीडामा साथ दिँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम सहयोग गर्ने निर्णय गरिएको कम्पनीले बताएको छ।

 

कम्पनीको यस सहयोगले बाढीप्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा थप टेवा पुग्ने विश्वास लिइएको छ। 

 

तिब्बतवाट नेपाल पसेकाे प्रलयकारी बाढीका कारण पाँच जिल्लाका १५ स्थानिय निकाय गम्भिर रूपमा प्रभावित भए पछि स्व स्फुर्त रूपमा सहयाेग गर्ने  क्रम जारी रहेकाे बेला इनर्जी ड्रिंक्सले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेकाे हाे । 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।