धनकुटा सहित देशका यी साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको अपिल

काठमाडौं, १५ भदौ । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले जलतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

विशेष गरी नुवाकोट र रसुवा भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि जोखिम कायमै रहेकाले उच्च सतर्कता आवश्यक रहेको महाशाखाले स्पष्ट पारेको छ।

त्यस्तै, उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) सहित ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरका साना नदीहरूमा पनि बहाव बढ्ने र मध्यम जोखिम रहने जनाइएको छ।

यसैबिच सुनकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, महाकाली र कन्काईलगायत ठूला नदीहरूमा पनि पानीको सतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ। यद्यपि आज बिहानको मापनअनुसार देशका प्रमुख ठूला नदीहरू कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई र राप्तीको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।