ईनिशा विक हत्या प्रकरण : तीन बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश

सुर्खेत, १७ भदौ । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । 

२०८२ फागुन २३ गते बिहान ६ बजे नै ट्युसन जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । ‎प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका आरोपित १६ वर्षे नाबालक वीरेन्द्रनगर (प) लाई नियन्त्रणमा लिएको थियो ।

तर आज सर्वोच्च अदालतको आदेशमा तीन बालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतले सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भनिएको प्रकरणमा कानुनी विवादमा परेका तीन बालकलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश बदर गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई अभिभावकको जिम्मामा छाडेर मुद्दाको कारबाही अघि बढाउन बाटो खुलेको छ । अर्का आरोपित परिवर्तित नाम वीरेन्द्रनगर (प) को हकमा भने कुनै आदेश भएको छैन ।

यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा मुख्य आरोपितसहित चारै जनालाई थुनछेक आदेशमार्फत बाल सुधार गृह पठाउने आदेश दिएको थियो । सोही आदेशलाई उच्च अदालत सुर्खेतले २४ बैशाख २०८३ मा सदर गरेको थियो । दुवै अदालतका आदेशविरुद्ध वीरेन्द्रनगर (ध), (फ) र (न) का अभिभावक पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए ।

यद्यपी बालकहरु तत्काल थुनामुक्त भए पनि सुर्खेत जिल्ला अदालतमा जारी मुद्दा किनारा नलागुञ्जेल अदालतले खोजेका बखत अनिवार्य रुपमा उपस्थित गराउनु पर्ने र अदालतको पूर्व अनुमति नलिई देश बाहिर जान नपाउने आदेश सर्वोच्चले दिएको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।