भन्सार छली ल्याइँदै गरेका सामान सहित चार सवारीसाधन बरामद

सञ्जय मिश्रा/रौतहट ५ असोज । बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याउन लागिएका विभिन्न सामान तथा चारवटा सवारीसाधन बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बरैनियाबाट खटिएको टोलीले आइतबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कुरकुरे, सुर्ती, जुत्ता तथा लत्ताकपडालगायतका सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका प्रवक्ता डिएसपी विक्रम मणि अधिकारीका अनुसार बरामद सामानसँगै २ वटा साइकल, १ मोटरसाइकल र १ स्कुटर समेत नियन्त्रणमा लिइएको छ।

बरामद सामान तथा सवारीसाधनको कुल अन्दाजी मूल्य ७ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको अधिकारीले बताएका छन्।

उनका अनुसार नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सा पठाईएको छ। पछिल्लो समय तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले सक्रियता देखाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।