झापाको दमकमा चोरीका सुनका गहना सहित १९ वर्षीय युवक पक्राउ

झापा । झापाको दमकमा चोरीका सुनका गहनासहित एक जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रवि घर भई हाल दमक नगरपालिका–५ मा डेरा गरी बस्ने १९ वर्षीय दीपक राई रहेका छन्।

प्रहरीका अनुसार दमक–२ की ३१ वर्षीया मनिषा तामाङको घरमा कोही नभएको मौका छोपी दराज फुटाएर सुनको सिक्री, बच्चाको सुनको चुरा, सुनको पिंजडा, तिलहरी र नगद २० हजार रुपैयाँ चोरी भएको थियो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सीसीटीभी फुटेजका आधारमा खोजी गर्ने क्रममा दमक–५ गुम्बा चोकबाट राईलाई पक्राउ गरेको हो।

उनको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको पाउजु, सुनको पिंजडा २ थान र सुनको श्रीबन्दी १ थान बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।