दसैंका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुला

काठमाडौं, २३ असाेज । नेपालको अग्रिणी अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

बस सेवाले बिहीबारदेखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेको जनाएको छ । यसअघि गत मंगलबार यातायात व्यवस्था विभागले दसैंका लागि २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागको निर्णयअनुसार नै बस सेवाले अग्रिम टिकट बुकिङ खुला गरेको हो । विभागले लाइन लागेर टिकट काट्नभन्दा अनलाइन एपहरूमार्फत टिकट बुकिङ गर्न आग्रह समेत गरेको थियो । 

यही क्रममा बस सेवाले दसैंको समयमा टिकट लिन बसपार्कमा लामो समय लाइन बस्नुपर्ने अवस्थालाई कम गर्दै यस वर्ष 'लाइनमा बसेर होइन, अनलाइन बसेर टिकट काटौं' भन्ने सन्देशसहित डिजिटल टिकट बुकिङलाई प्रभावकारी बनाएको जनाएको छ । बस सेवाको मोबाइल एप र वेबसाइडमा लगइन गरी यात्रुले घरमै बसेर आफ्नो गन्तव्य, यात्रा मिति, बस तथा सिट छनोट गर्न सक्नेछन् ।

यात्रुलाई  सुविधा दिन बस सेवाबाट अग्रिम टिकट बुकिङ गर्नेले १०० रुपैयाँसम्मको छुट पाउने बस सेवाका प्रमुख कार्यकारी निर्देशक पीआर खनालले जानकारी दिए । यसबाहेक विभिन्न बैंक तथा डिजिटल भुक्तानी साझेदारमार्फत क्यासब्याक तथा अन्य छुटका अफरहरू समेत सञ्चालनमा रहेको उनको भनाइ छ । 

बस सेवाले दशैंको यात्रालाई सहज बनाउन लोकप्रिय रुटमा उपलब्ध बस तथा सिटको अवस्थालाई समेत निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ । यात्रुको मागअनुसार थप सेवा तथा सिट उपलब्ध गराउने प्रयास गरिने कम्पनीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖