हुलाक कर्मचारीलाई सिडिओ पौडेलले भने : उच्च मनोबलका साथ काम गर्नुस्

रौतहट, २३ असोज । रौतहटका सिडियो लक्ष्मीप्रसाद पौडेलले हुलाक सेवामा कार्यरत कर्मचारीलाई उच्च मनोबलका साथ इमानदारीपूर्वक काम गर्न आग्रह गरेका छन्।

१५२औँ विश्व हुलाक दिवसका अवसरमा जिल्ला हुलाक कार्यालय रौतहटले आयोजना गरेको कार्यक्रममा बोल्दै सिडियो पौडेलले भ्रष्टाचारबाट आर्जित सम्पत्तिले भविष्य सुरक्षित नहुने उल्लेख गर्दै कर्मचारीलाई अनियमितताबाट टाढा रहन आग्रह गरेका छन्। सरकारले हुलाक सेवालाई सर्वव्यापी र प्रभावकारी बनाउने प्रयास गरिरहेको भन्दै उनले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए।

‘एक हुलाक सञ्जाल, अनन्त सम्भावनाहरू’ भन्ने नाराका साथ अक्टोबर ९ मा मनाइएको दिवसमा हुलाक अधिकृत देवनाथ यादवले परम्परागत चिठीपत्रमा सीमित हुलाक सेवा डिजिटल युगअनुसार विस्तार भइरहेको बताएका थिए। उनले नागरिकको घरदैलोसम्म पार्सल पुर्‍याउने तथा ग्रामीण र दुर्गम क्षेत्रमा सरकारी कागजात र सूचना आदानप्रदानलाई सहज बनाउने काममा हुलाक सेवाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए।

दिवसका अवसरमा आयोजित लेखरचना प्रतियोगितामा परोहा नगरपालिका–२ का पंकजप्रसाद पटेल प्रथम, दिव्य दृष्टि एकेडेमीकी अनन्या सिंह द्वितीय र चण्डिया आधारभूत विद्यालयका सुवास तिवारी तृतीय भए। उनीहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो।

त्यस्तै, हुलाक सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिएको थियो। एक वर्षमा ४ हजार ५०० चिठीपत्र वितरण गर्ने हलकार जानुका कार्की तथा कार्यालय सञ्चालन र व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै खरिदार सविन्द्र बैठालाई पनि सम्मान गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ।

कार्यक्रममा विभिन्न कार्यालयका कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो। स्वागत मन्तव्य रागनी कुमारी झाले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन वसन्त झाले गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖