युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

काठमाडौं, २४ असोज । ककरोच जनता पार्टीको विरोध प्रदर्शनको आह्वानका बीचमा चर्चित भारतीय युट्युबर ध्रुव राठी पक्राउ परेका छन् । उनलाई शनिबार बिहान दिल्ली प्रहरीले हिरासतमा लिएको छ।

ध्रुव राठीलाई गुरुग्रामको सेक्टर ५६ मा हिरासतमा लिइएको छ।यसअघि शुक्रबार साँझ, ध्रुव राठीले सामाजिक सञ्जालमा एउटा रिल पोस्ट गरेका थिए। भिडियोमा, उनी इन्डिया गेटको अगाडि हिंडिरहेका देखिन्थे।

भिडियोमा ध्रुव राठीले भनेका छन्, ‘म दिल्ली आइपुगेको छु। मैले देखेँ कि प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेशनहरू बन्द गर्नुभएको छ, र धेरै रेल र बसहरू रद्द गरिएका छन्। विरोध प्रदर्शनका कारण उनीहरूले दिल्लीलाई लकडाउनमा राखेका छन्।ू’

उनले अगाडि थप भनेका छन्, ‘मैले बुझिन मोदीजी के गर्दै हुनुहुन्छ। एकातिर, तपाईंको आईटी सेलले भनिरहेको छ कि हाम्रो विरोधमा कुनै पनि भीड आउने छैन। यदि भीड हुने छैन भने, तपाईं यो सबै किन गर्दै हुनुहुन्छ ? मलाई लाग्छ तपाईं डराउनुभएको छ। वास्तवमा, सम्पूर्ण जनता जागृत भइसकेका छन्।ू

दिल्ली प्रहरीले प्रदर्शनमा सामेल हुन भेला भएका ६ सयभन्दा धेरै प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। भारत सरकारले नयाँ दिल्लीमा शुक्रबार रातिदेखि शनिबार रातिसम्म २४ घन्टा इन्टरनेट सेवा बन्द गरेको छ । कक्रोच जनता पार्टीले शनिबार नयाँ दिल्लीको जन्तर मन्तरमा विशाल प्रदर्शन गर्ने भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖