सरकारी कामकाजको भाषामा किरातलाई समेट्न माग गर्दै कोशी प्रदेशसभा अगाडि प्रदर्शन

विराटनगर । कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा किरात भाषालाई समेट्नुपर्ने माग गर्दै किरात राई यायोक्खाले प्रदेशसभा भवनअगाडि विरोध प्रदर्शन गरेको छ।

शनिबार मोरङको कटहरी गाउँपालिका–१ स्थित कोशी प्रदेशसभा भवनअगाडि यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाचो राईको नेतृत्वमा प्रदर्शन गरिएको हो। प्रदर्शन भइरहँदा प्रदेशसभाभित्र भने बैठक जारी थियो।

प्रदेशसभामा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमाथि छलफल तथा निर्णयको प्रक्रिया अघि बढाउने कार्यसूची रहेकै दिन यायोक्खाले प्रदर्शन गरेको हो।

नेपाली भाषाबाहेक लिम्बू र मैथिली भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने प्रस्ताव गरिए पनि किरात भाषालाई समेट्ने व्यवस्था नगरिएको भन्दै यायोक्खाले विरोध जनाएको छ।

प्रदर्शनकारीहरूले प्रदेशको भाषासम्बन्धी नीतिमा किरात भाषालाई पनि समेट्नुपर्ने माग गर्दै सरकारले किरात भाषालाई उपेक्षा गरेको आरोप लगाएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖