इटहरीमा ब्राउन सुगर जस्तो पदार्थ सहित एक युवक पक्राउ
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ हाटखोलाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार दिउँसो १ः३० बजे प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा स्थानीय १९ वर्षीय रिकेश चौधरीको साथबाट ०.५१ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारेको हो।
उक्त पदार्थसहित चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


