गोरखा बुढीगण्डकी बाढी अपडेट: पुल र घर बगायो, १८ जनाको उद्धार

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि उइनगुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ। असोज २५ गते बिहान आएको बाढीले विभिन्न स्थानमा घर, झोलुङ्गे पुल र मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट १८ जना नेपाली नागरिकलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ।

प्रहरीका अनुसार बिहान ५ः३० बजे चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङको बीचमा रहेको सिरिङ्गे हिमालमा हिमपहिरो गएको थियो। त्यसपछि उइनगुलुङ खोला थुनिएर नदीमा पानीको बहाव बढेको थियो। बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको हो।

बाढी आएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुनचेतबाट प्रहरी टोली परिचालन गरिएको थियो। नदी तटीय क्षेत्रका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमान्डमा २५ जनाको प्रहरी टोली खटिएको थियो।

कहाँ–कहाँ भयो क्षति?

प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

* चुमनुब्री–३, न्याकचेत: न्याकचेतदेखि सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ।
* चुमनुब्री–३, सिर्दिबास: स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
* धार्चे–५, माछिखोला: माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ।
* धार्चे–५, माछिखोला: तल्लो बस्तीका ५ देखि ७ वटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको छ।
* चुमनुब्री–३, सल्लेरी: २० देखि २२ वटा घर जोखिममा परेका छन्।
* आरुघाट–२ र ३ जोड्ने सोतीस्थित स्थान: फलामे मोटरेबल पक्की पुल बगाएको छ।
* चुमनुब्री–३, सल्लेरी: निर्माणाधीन सहज ऊर्जा पावर हाउस तथा आसपासका ७ देखि ८ वटा घर बगाएको छ।

बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖