इलाममा अवैध भरुवा बन्दुक सहित ६० वर्षीय देवान पक्राउ
इलाम । इलामको माईजोगमाई गाउँपालिका–४ नाम्सालिङबाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय ६० वर्षीय पूर्णबहादुर देवानको घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास गरेको थियो।
असोज २४ गते साँझ करिब ६ बजे प्रहरी चौकी नाम्सालिङबाट खटिएको टोलीले देवानको घरबाट एक थान भरुवा बन्दुक बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका देवानलाई असोज २५ गते जिल्ला अदालत इलाममा उपस्थित गराइएको थियो। अदालतबाट पक्राउ परेको मितिदेखि लागू हुने गरी सात दिनको म्याद थप अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


