तीनपैनी समाज मोरङद्वारा प्रतिष्ठित व्यक्तित्व सम्मानित, चाडपर्वको शुभकामना आदानप्रदान

चन्द्र मादेन आन्छन,काठमाडौं । तीनपैनी समाज (मोरङ) काठमाडौंले समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गर्दै नेपालीहरूको प्रमुख चाड विजया दशमी, छठ तथा ईदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

असोज २५ गते आइतबार घटस्थापनाको दिन काठमाडौंको सुकेधारास्थित बागमती कलेज बोर्डिङ स्कुलको सभाहलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष अर्जुन भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो।

गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउने ज्ञात–अज्ञात व्यक्तिहरूप्रति एक मिनेट मौनधारण गर्दै राष्ट्रिय गीतबाट कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा सौरव नेपालले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि विराटनगरका पूर्वप्रधानपञ्च तथा क्षेत्रीय प्रशासक एवं समाजका प्रमुख सल्लाहकार ध्रुवनारायण श्रेष्ठ र विशिष्ट अतिथि शिक्षाविद् डा. सुरेन्द्र सिटौलाले सम्मानित व्यक्तित्वहरूलाई कदरपत्र तथा खादा प्रदान गरेका थिए।

सम्मानित हुनेहरूमा चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अन्तर्राष्ट्रिय खेलाडी एवं मोरङ समाजका पूर्वअध्यक्ष विमल भट्टराई, फुटबल खेलाडी पुनमजङ थापा, अधिवक्ता हरिशंकर कर्ण र मोरङ समाजका पूर्वअध्यक्ष शैलेश आचार्यलगायत रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले समाजसेवामा आर्थिक तथा भौतिक सहयोगसँगै उत्साह र ऊर्जाको पनि उत्तिकै महत्त्व हुने बताए। आफूले निःस्वार्थ भावनाका साथ समाजसेवामा लामो समयदेखि योगदान दिँदै आएको उल्लेख गर्दै उनले सामाजिक काममा त्याग, समर्पण र सक्रियता आवश्यक रहेको धारणा राखे।

विशिष्ट अतिथि डा. सिटौलाले कविता वाचन गर्दै साहित्य, सिर्जना र राष्ट्रिय भावनाबारे आफ्ना विचार व्यक्त गरे। उनले ‘जय नेपाल’ कुनै एउटा राजनीतिक दलको मात्र नारा नभई सबै नेपालीले आत्मसात् गर्न पाउनुपर्ने राष्ट्रिय अभिव्यक्ति भएको बताए।

आफू संस्थापक रहेको बागमती कलेजको सभाहलमा साहित्यिक, सांगीतिक तथा अन्य रचनात्मक कार्यक्रम गर्न सधैँ सहयोग गर्न तयार रहेको उनले बताए। कवितामार्फत जीवन, कर्म, सुख–दुःख र नाफा–नोक्सानका विषयलाई पनि उनले प्रस्तुत गरेका थिए।

कार्यक्रममा समाजका सल्लाहकार सीताराम पोखरेल, मोरङ समाजका अध्यक्ष ओम मास्के, खेलाडी विमल भट्टराई तथा सम्मानित अभिनेत्री दीपाश्री निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने प्रमुख अतिथि ध्रुवनारायण श्रेष्ठ, विशिष्ट अतिथि डा. सुरेन्द्र सिटौला, समाजका अध्यक्ष अर्जुन भट्टराई, मोरङ समाजका अध्यक्ष ओम मास्के, गायक सुमित खड्का, समाजसेवी रमेश प्रसाईं, निर्मल खतिवडा र सनिश भट्टराईलगायतलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

समाजका सदस्य रूपा कोइराला भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो। समापन मन्तव्यका क्रममा अध्यक्ष अर्जुन भट्टराईले उपस्थित सबैलाई विजया दशमीसहितका चाडपर्वको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖