प्रधानमन्त्री बालेन शाहद्वारा बडादसैँको शुभकामना, विपद् प्रभावितप्रति समवेदना

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले दसैँले नेपाली समाजमा एकता, आत्मीयता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले दसैँलाई परिवार तथा आफन्तजनबीच भेटघाट, आशीर्वाद आदानप्रदान र मौलिक संस्कृति संरक्षण गर्ने पर्वका रूपमा व्याख्या गर्नुभएको छ ।

यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको स्मरण गर्दै प्रधानमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै सबैलाई सत्यको मार्गमा हिँड्न र आफूभित्र रहेका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न आह्वान गर्नुभएको छ । काम, क्रोध, लोभ, ईर्ष्या र अहंकारजस्ता मानवीय कमजोरी त्याग्दै सामाजिक सद्भाव र आपसी सम्मानलाई प्राथमिकता दिनुपर्ने उहाँको सन्देश छ ।

उहाँले रोजगारी र आर्थिक अभावका कारण चाडपर्वमा समेत परिवारसँग भेटघाट गर्न नपाउने नेपालीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै सरकारले देशको समृद्धि, सुशासन र नागरिकको सुखद जीविकाका लागि काम गरिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले बडादसैँलाई सभ्य र भव्य रूपमा मनाउन आग्रह गर्दै माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्ने कामनासहित सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖