पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ, साइबर ब्युरो लगिँदै
काठमाडौं, ३१ असोज । सरकारले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई उनकै घरबाट गिरफ्तार गरेको छ।
स्वतन्त्र पार्टी (रास्वपा) का नेतासमेत रहेका कलाकार हिमेश पन्तको परिवारले जग्गा कब्जा गरेकोसम्बन्धी समाचार प्रकाशन गरेपछि श्रेष्ठविरुद्ध जाहेरी परेको थियो।
पन्तले दिएको जाहेरीकै आधारमा श्रेष्ठलाई पक्राउ गरिएको बताइए पनि प्रहरीले कुन जाहेरीबाट पक्राउ गरिएको हो भन्ने आधिकारिक जानकारी अझै दिएको छैन।
बालेन सरकार आएपछि पत्रकार श्रेष्ठ पक्राउ परेको यो दोस्रो पटक हो। यस विषयमा थप विवरण आउन बाँकी छ।


