एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपकाे निर्णय
काठमाडौं, ३ मंसिर । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।
राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको हो ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पठाएको पत्रमा एन्फाले ५ अप्रिल २०२६ मा पत्रमार्फत गरेको अनुरोध र यसअघि राखेपले जारी गरेका विभिन्न पत्रलाई आधार मानेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको उल्लेख छ ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ ९३० बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ ।
राखेपले यस निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, फिफा र एसियाली फुटबल महासंघलाई समेत गराएको छ ।
राखेपको निलम्बन र प्रतिबन्धका साथै एएफसीको निलम्बनका कारण नेपालले साफ प्रतियोगिता गुमाएको थियो । नेपालमाथिको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री सस्मित पोखरेलसहितको टोली हाल थाइल्यान्ड पुगेकाे छ । एन्फाका अध्यक्षा पंकजविक्रम नेम्वाङसमेत उतै छन् ।

