श्रमिक माथि ठगी प्रकरण : पूर्व मुख्यसचिव अर्याल विरुद्ध पक्राउ पुर्जी जारी, अरु को को तानिँदैछन् ?

काठमाडौं, ३ मंसिर । प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालको पनि संलग्नताको दाबी गर्दै प्रहरीले पक्राउ पुर्जी लिएको हो । 
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसीलगायतका व्यक्ति बुधबार बेलुका पक्राउ परेका थिए ।

त्यसबाहेक श्रम मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन् । तर तत्कालीन श्रम सचिव अर्याल भने पक्राउ परेका थिएनन् । उनी बुधबार नै भारततिर लागेको स्रोतले बतायो ।

मलेसियामा श्रमिक पठाउने नीतिगत निर्णयका बेला तत्कालीन श्रममन्त्री हाल सभामुख डोलप्रसाद अर्याल र शरतसिंह भण्डारीको पनि संलग्नता रहेको बताइन्छ । तर अर्याल र भण्डारीमाथि कुनै अनुसन्धान भएको छैन । अर्याल रास्वपाबाट सभामुख बनेका हुन् भने भण्डारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका ससुरा हुन् । सोही कारण प्रहरीले ठगीकाण्डमा दुवैलाई अनुसन्धानमा नतानेको बताइन्छ ।

बायोमेट्रिक शुल्कसम्बन्धी ०७६ सालमा नीतिगत निर्णय भएको र त्यसले निरन्तरता पाउँदै गएको कसूरमा श्रम मन्त्रालयसम्बध्द उपसचिवदेखि मन्त्रीसम्मलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नभई प्रहरीले समातेको छ ।

सभामुख डिपी अर्याल (०७९ माघ २० देखि  २० दिन र फेरि ०८० फागुन २३ देखि ०८१ असार ३१ सम्म) र शरतसिंह भण्डारी (०८१ असारदेखि २०८२ भदौ २३ को जेनजी आन्दोलनसम्म) श्रममन्त्री थिए । भण्डारीको पालामा मेडिकल परीक्षण शुल्क सात सयबाट बढाएर आठ सय बनाइएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖