मोटरसाइकलको ठक्करपछि विवाद, युवकलाई चक्कु प्रहार गरेर चालक फरार

रौतहट, ७ मंसिर। रौतहटमा मोटरसाइकलको सामान्य ठक्करपछि भएको विवादले हिंसात्मक रूप लिँदा एक युवक धारिलो हतियारको प्रहारबाट घाइते भएका छन्। ठक्कर दिने मोटरसाइकल चालकले युवकलाई चक्कु प्रहार गरी सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन्।

रौतहटको यमुनामाई गाउँपालिका–५ झुन्खुनवा चोकस्थित गौर–चपुर सडकखण्डमा आइतबार साँझ करिब ७ बजेर ५ मिनेटमा घटना भएको हो।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट BR 01 EW 0627 को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा राजपुर नगरपालिका–१ निवासी रविन्द्र यादवका करिब ३५ वर्षीय छोरा राजेश कुमार यादव सडकमा लडेका थिए।

तरकारी किनेर घर फर्किरहेका यादवलाई ठक्कर दिएपछि मोटरसाइकल चालक भाग्न खोजेका थिए। उनलाई रोक्न र समात्न खोज्दा चालकले यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

चालकले यादवको पिठ्युँ, बायाँ हात तथा दुवै खुट्टामा चोट पुर्‍याएर मोटरसाइकल घटनास्थलमै छाड्दै फरार भएका थिए।

घटनालगत्तै सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म बमनहरबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा चार जना र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवन मैनालीको नेतृत्वमा १७ जना गरी २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीका अनुसार घटनामा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिइएको छ। फरार चालकको पहिचान तथा खोजी भइरहेको उनले बताए।

घटनापछि स्थानीयले केही समय सडक अवरुद्ध गरेका थिए। प्रहरीको पहलमा अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ। घटनास्थल सशस्त्र प्रहरीको अ.प्र.पोष्ट बमनहरबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖