घोषणापत्र हतार-हतारमा लेखिएकोले ३ बर्ष भित्र विधुतीय गाडी र ५ बर्षमा रेल चलाउन सकिदैंन : माधवकुमार नेपाल (भिडियो सहित)

भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट संघिय प्रतिनिधी सभामा निर्वाचित सांसद तथा नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माउन्टेन टिभीको खरो प्रश्नमा कुरा गर्दै पार्टीको निर्णयको कारणले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको बताए।

काठमाडौं क्षेत्र नम्बर २ मा जित हासिल गर्नूको कारण बारे प्रष्ट पार्दै नेपालले भने-राष्ट्रियताको कोणबाट,लोकतन्त्र प्रति निष्ठावान,विकाश प्रेमी व्यक्ति, सामाजिक न्यायको पक्षपोषण र स्वच्छ छविका साथैं कसैसँग नडराउने निडर व्यक्ति भएकाले जनताले आफूलाई विश्वास गरेर जिताए।

नेपाली कांग्रेस सँग असन्तुष्ट रहेका जनता र एमाले-माओवादीको बाम गठबन्धन भएको कारण जनताले स्थायी सरकार चलाउनको लागी बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन सफल भएको नेता नेपालले बताए।

नेता नेपालले अगाडी भने- घोषणापत्र हतार-हतारमा लेखिएको हुनाले घोषणापत्रमा लेखिए अनुसार तिन बर्ष भित्र काठमाडौंमा विधुतीय गाडी र पाँच बर्षमा मोनोरेल चलाउन सकिदैंन। हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।