पूर्वप्रधानमन्त्री झलनाथ खनाल भन्छन,- पहिलो प्रधानमन्त्री नेकपा एमालेको तर्फबाट, त्यसपछि आलोपालो

नेकपा एमाले र माओवादीबिचको गठबन्धनले सरकार गठन गर्ने तयारी भइरहेको छ । दुई दलबिचको गठबन्धनले सरकार गठनका लागि सुविधाजनक सिट जितेको छ । सरकार गठनसँगै पार्टी एकता प्रक्रिया पनि अगाडि बढाउने तयारी दुई दलको छ । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष लगायत महत्वपूर्ण पदको बाँडफाँड कसरी गर्ने भन्नेमा अहिलेसम्म दुवै दलका नेताहरुले मुख खोलेका छैनन् । यद्यपी सहमति गरेरै पार्टी एकता गर्ने बताइरहेका छन् । यिनै विषयमा केन्द्रित रहेर नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग पत्रकार ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नयाँ सरकार कहिलेसम्म बन्छ ?
पुष महिनाभित्रमा नयाँ सरकार बन्छ ।

संवैधानिक समस्या छ । राष्ट्रियसभा गठनको अध्यादेश राष्ट्रपतिकहाँ अड्किएर बसको छ । कसरी सरकार गठन हुन्छ ?
यतिधेरै समस्याकाबिच चुनाव सम्पन्न भएको छ ।सरकार गठन प्रतिनिधिसमाबाट हुने हो । संविधानले मार्गदर्शन गरेअनुसार सबै काम हुन्छ । आवश्यक परे कानुनी सल्लाह पनि लिन्छौँ ।

अबको सरकार एमाले र माओवादीको मात्रै बन्छ कि राष्ट्रिय सरकार बन्छ ?
अहिले वाम गठबन्धनको सरकार बन्छ । तर वाम गठबन्धनमा आवश्यक पर्ने देशभक्त, लोकतान्त्रिक, प्रगतिशील दलहरु वा समहुहरुलाई सहभागि गराउन सक्छौँ । तर एमालेको नेतृत्वमा सरकार बन्ने कुरा त निश्चि नै छ ।

माओवादीसँग सहकार्य मात्रै हो कि पार्टी एकता पनि हुन्छ ?
पार्टी एकताका दुईवटा चरणहरु छन् । एउटा चुनावी तालमेल सम्पन्न भइसकेको छ । अब सरकार गठन गर्दै पार्टी एकीकरण हुन्छ । यसलाई कसैले पनि रोक्न सक्दैन ।

तर सरकारको नेतृत्व र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवाद त छ नि ?
विवाद त २००६ सालदेखि नै थिए । ति सारा विवादहरु हल गर्दै वाद प्रतिवाद र सम्वादमार्फत अगाडि बढिरहेका छौँ । अब पनि त्यही अनुसार अगाडि बढ्छौँ ।

अबको प्रधानमन्त्री को हो ?
प्रधानमन्त्रीका विषयमा निर्णय गर्न बाँकी छ । छलफल गरेर एउटा निष्कर्ष निकाल्छौँ । अहिले पहिलो प्रधानमन्त्री नेकपा एमालेको तर्फबाट हुन्छ । एमालेको केन्द्रिय कमिटि र स्थायी कमिटिले निर्णय गर्छ ।

एमालेले तपाईलाई प्रधानमन्त्री बनाउने कि केपी शर्मा ओलीलाई ?
नेकपा एमालेभित्र प्रधानमन्त्रीको पद लिएर देशलाई हाँक्नसक्ने दर्जनभन्दा बढि नेताहरु छन् । यस विषयमा छलफल गरेर टुङ्ग्याउँछौँ ।

तपाई प्रधानमन्त्रीको दाबी गर्नुहुन्छ ?
म पहिला पनि प्रधानमन्त्री बनिसकेको मान्छे हुँ । पटकपटक प्रधानमन्त्री बन्ने पर्छ भन्ने पनि छैन । बन्नै हुँदैन भन्ने पनि छैन । म पनि एउटा उम्मेदवार त हुँ नि । तर हाम्रो पार्टीको केन्द्रिय कमिटिले छलफल गरेर निष्कर्ष निकाल्छ । सोही अनुसार हामी अगाडि बढ्छौँ ।

माओवादी अध्यक्ष प्रचण्डले त अबको प्रधानमन्त्री केपी ओली हो भनिसक्नुभयो नि ?
प्रधानमन्त्रीको बारेमा अरु कसैले भनेर निर्णय हुँदैन । नेकपा एमालेको केन्द्रिय कमिति र स्थायी कमिटिले मात्रै निर्णय गर्छ । जोसुकै प्रधानमन्त्री बन्न सक्छन् । तर त्यसका लागि एमालेको निर्णय हुनुपर्छ ।

पार्टी एकीकरणपछि प्रचण्ड पार्टी अध्यक्ष बन्ने सम्भावना छ कि छैन ?
पार्टी एकीकरण हुँदा कसै न कसैलाई पार्टी अध्यक्ष बनाउँछौँ । अध्यक्ष बन्ने सम्भावना प्रचण्ड, केपी, झलनाथ, माधव लगायतका नेताहरु सबैमा छ । यो विषयमा पनि समितिले निर्णय बन्छ । वाम गठबन्धनमा कुनै पनि समस्या आउँदैन । प्रचण्डले पनि अहिलेसम्म मलाई यो पद चाहिन्छ भनेर भन्नुभएको छैन ।

प्रधानमन्त्री र पार्टी अध्यक्षको पद आलोपालो गर्ने हो ?
धेरै जना भएपछि आलोपालो गर्नु सामान्य हो । दुई ठूला दल एक हुँदा आलोपालो गर्नु कुनै नौलो कुरा होइन ।

त्यसो भए अब तपाईहरु आलोपाले पद्धतिमा जानुभयो ?
हामी पार्टी एकीकरण गर्ने चरणमा त्यस्तै हिसाबकिताबबाट अगाडि बढ्छौँ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖