फायरसाइडमा ओली फायर !, भन्छन,- नेपालको सन्दभॅमा यो नै अन्तिम सरकार त हैन होला (भिडियो सहित)

अध्यादेशको विषयमा अकोॅ सरकारले काम गछॅ । नेपालको सन्दभॅमा यो नै अन्तिम सरकार त हैन होला ।

बालकोट र बालुवाटारलाई आआफ्ना लबीका वकिलहरुले आफ्नो अनुकुलको कानुनको व्याख्या सुनाईरहेका छन् । अध्यादेश राष्ट्रपतिसमक्ष अड्किएर बसेको छ । प्रधानमन्त्री सजिलै सत्ता हस्तान्तरण गनेॅ मुडमा पटक्कै देखिन्नन् । यिनै विविध र समसामयिक विषयमा “फायर साइड” टक शो मा प्रस्तोता भूषण दाहालसँग कुराकानी गनेॅ क्रममा केपी शमाॅ ओली भन्छन्- लोकतन्त्र मूल्य र मान्यतामा चल्ने , संविधान र कानुनमा चल्ने प्रणाली हो । लोकतन्त्र जनमतको आधारमा चल्ने प्रणाली हो । यस्तोमा निवाॅचनबाट प्रकट भैसकेको जनताको अभिमतको अथॅ के हो ? त्यो बुझ्नु पछॅ कि पदैॅन ?

सरकार गठनका लागि कुनै अप्ठ्यारो वा संविधानले व्यवधान नपुर्याएको कुरागदैॅ उनी अगाडि भन्छन्- संविधानको धारा 76 ले सरकार गठनका लागि स्पष्ट व्यवस्था गरेको छ । प्रतिनिधि सभाको निवाॅचनमा वहुमत प्राप्त दलका नेतालाई राष्ट्रपतिबाट देशको प्रधानमन्त्री नियुक्त गनेॅ । एउटै दललाई वहुमत प्राप्त नभएको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समथॅनमा पनि प्रधानमन्त्री नियुक्त हुनसक्छ । यस्तो अवस्थाम् संविधानको धारा ७६ का उपधारा १, २, ३, र ४ मै स्पष्ट उल्लेख गरिएको छ ।

राष्ट्रिय सभामा महिलाहरुको सिट संख्याको बारेमा संविधानमै स्पष्ट उल्लेख छ । प्रत्येक प्रदेशबाट आठ जनाका दरले आउने भन्ने प्रष्टै छ र राष्ट्रपतिले राष्ट्रसभाका लागि नियुक्तगनेॅ तीन सदस्यमध्ये एक जना महिला हुनैपनेॅ भन्ने उल्लेख छ तर त्यसका लागि पहिला सरकारले सिफारिस गनुॅ पछॅ । अहिलेको अवस्थामा सरकारले सिफारिस त गनेॅ । तर कुन सरकारले सिफारिस गनेॅ ? जान लागेकोले कि आउन लागेकोले ? यो विषयमा बहस गनॅ पनि लज्जास्पद हुन्छ । महिलाहरुको प्रतिशतको बारेमा संविधानमै प्रावधान छ, दायाँबायाँ जानै पाइँदैन । राष्ट्रियसभाको कुरा निरॅथक र खोंचे थाप्ने कुरामात्र हो । स्थानीय निवाॅचनलाई हेरेर उहाँहरुले एकतफीॅ रुपमा ल्याएको अध्यादेश हो यो ।

कुराकानीको क्रममा ओली भन्छन्- हामीले संवादको आवश्यकता औंल्याईरहेका छौं ।तर उहाँ आफ्नो श्वाथॅभन्दा टाढा जानै नचाहने , अलिकति पनि सहिष्णु नहुने । दुई राजनीतिक पाटीॅका विचमा यस्तो अवस्था २०४८ पछि पहिलो चोटी भएको हो ।

आफू र देउवा विच चुनावपछि भेटघाटको के कुरा टेलिफोनवाताॅ समेत नभएको स्वीकारगदैॅ ओली भन्छन्- वहुमत प्राप्त दलले सरकार बनाउन पाउनु पछॅ भनेर जनताले नै भनिसके । अध्यादेशको प्रसंगमा उनी कडा शव्दमा भन्छन्- अध्यादेशको विषयमा अकोॅ सरकारले काम गछॅ । नेपालको सन्दभॅमा यो नै अन्तिम सरकार त हैन होला । किनकि उहाँले ल्याएको अध्यादेशमा के छ हामीलाई थाहा छैन । वहुमतमा हामी छौं तर हामीलाई नै थाहा छैन । अध्यादेशको काम अस्ती नै किन गनुॅ भएन ? आज किन ? सत्ता छाड्दिनजस्ता कुरा ठीक हुँदैनन् । अध्यादेश ल्याउने, प्रदेश प्रमुखहरुको टुंगो लगाउने काम आगामी सरकारको हो । यस्तो कुरामा ठट्टा हुँदैन । लोकतान्त्रिक परिपाटी अनुसार चल्न उहाँहरु तयार हुनुहुन्छ कि हुन्न ? के वामपन्थीहरुको सरकार बन्योभने अधिनायकवाद आउँछ भनेर सरकार छाड्न नचाहेको हो ?

वतॅमान समयमा देखिइरहेको समस्याको समाधनाथॅ अब आफूले चाँडै पहलकदमी लिने दृढता व्यक्तगदैॅ उनी भन्छन्- कुनै समयमा म छिट्टै पहलकदमी लिन्छु । अहिलेसम्म मैले प्रमलाई हेरिरहेको छु ।

चुनावको समयमा भएको वामगठवन्धन कहाँसम्म पुग्ने हो भन्ने सन्दभॅमा अगाडि भन्छन्- चुनावपछि पाटीॅ एकतागनेॅ भनियो त्यो पक्का हो । त्यसमा कुनै चालबाजी छैन । तर विपक्षीले चलाएको हल्लाप्रतिभने उनी आक्रामक रुपले प्रस्तुत हुन्छन्- हाम्रो बारेमा विपक्षीले बोलेका कुरे पुष्टि गरेर देखाउन्, हामीले बोलेका कुन कुरा पुष्टि हुँदैन त्यो भनिदिउन् ।

कुराकानीका क्रममा भोलिका दिनमा सरकारले अंगाल्ने परराष्ट्र नीति, भूकम्प पीडितको अवस्था,नाकावन्दी, संविधान संशोधन आदिका बारेमा केपी शमाॅ ओलीले आफ्नो र पाटीॅको धारणा स्पष्ट रुपले राखेका थिए । दुई पाटीॅ एक भएपछि पाटीॅको अध्यक्ष को बन्छ त भनेर सोधिएको प्रश्नमा सहजताका साथ उनी भन्छन्- हामी सल्लाह गरेर भन्छौं ।

मुलुकका भावी प्रधानमन्त्री केपी शमाॅ ओलीसँगको समसामयिक, रोचक, अनि विचारोत्तेजक कुराकानीको लागि भिडियो हेर्नुस । भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।