लालबाबु पण्डित भन्छन,- स्वास्थ्यमन्त्री भएमा सरकारी अस्पताल छोडेर निजी क्लिनिकमा काम गर्ने डाक्टरलाई छोड्दिन
मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका नेता लालबाबु पण्डित कांग्रेसका नेता शेखर कोइरालालाई पराजित गर्दै संविधानसभा सदस्यमा विजयी भएका हुन्।
एक यूट्युब च्यानललाई अन्तरवार्ता दिदैं पण्डितले भने-यस पटकको चुनावमा पैसाको बलमा मात्रै चुनाव जितिन्छ भन्नेहरुलाई पैसाले मात्रै चुनाव जितिन्न र कम खर्चमा जनताको बलमा पनि चुनाव जित्न सकिन्छ भन्ने सन्देश दिए।
एक पटक चुनाव जितिसकेपछि लुट्न पर्छ र अर्को पटकको चुनावको लागी लुटेर तयारी गर्नपर्छ भन्ने आफूले मान्यता नराख्ने पण्डितको भनाई छ।
जनताभन्दा आफूलाई अलग र महान् सोच्न नहुने बताउँदै जनतालाई केन्द्रमा राखेर काम गर्नपर्ने पण्डित बताउछन्।
पण्डितले आफूले गृहमन्त्रीको जिम्मेवारी पाएको खण्डमा ६ महिना भित्र अपराधको मात्रा पचास प्रतिशत घटाउन नसकेमा आफूलाई लालबाबु पण्डित नै नभन्न र शिक्षा मन्त्रीको जिम्मेवारी पाएमा नपढाउने शिक्षकहरुले म शिक्षक भन्न नपाउने र स्वास्थ्य मन्त्री भए सरकारी अस्पतालमा समय नदिने र निजी क्लिनिकहरुमा मात्रै समय दिने डाक्टरलाई डाक्टर हुन नदिने पण्डितको योजना छ।
देश र जनताको शिर निहुरिन नदिने र जनताको शिर उच्च हुने काम गर्ने पण्डितले प्रतिबद्धता जनाए।चुनाब जितिसकेपछि आफू एमालेको मात्र नेता नभई सबै जनताको नेता भएको बताउँदै पण्डितले भने- मलाई मत दिने मतदातालाई भगवान ठान्छु र म मेरा भगवान मतदाताको सामु सधैं शिर निहुरिन्छ। हेर्नुहोस् भिडियो


